निरन्तरको वर्षाको कारण उत्पन्न बाढी र पहिरोले दक्षिणी ब्राजिलमा ६ जनाको मृत्यु भएको छ । बाढीका कारण कोन्हा र अल्फ्रेडो चाभेस शहरमा तीन/ तीन जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
बर्षा र बाढीका कारण ब्राजिलको जनजीवन पनि प्रभावित भएको छ ।