Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

एमसीसी नेपालको आर्थिक विकासका लागि महत्वपूर्णः देउवा 


6.4K
Shares

एमसीसी नेपालको आर्थिक विकासका लागि महत्वपूर्णः देउवा 

काठमाण्डौ, ५ माघ । काँग्रेस सभापति शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण रहेको बताउनुभएको छ । प्रेस युनियनले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा देउवाले नेपालको हितमा भएकै कारण कांग्रेस एमसीसीको पूर्ण समर्थनमा रहेको धारणा राख्नुभयो ।

यसमा नेपालको विकास वाहेक अन्य कुनै षड्यन्त्र छैन, एमसीसी लागू भएमा नेपालले भारतलाई विद्युत विक्री गर्नसक्छ, उहाँले भन्नुभयो । नेपालको विद्युत र सडकको विकासमा आएको सहयोग फिर्ता गर्न नहुँने सभापति देउवाको धारणा थियो ।

सत्तारुढ दलभित्रै विवाद भएपनि काँग्रेसले यसको बिरोध नगरेको देउवाले बताउनुभयो । सरकार भ्रष्टाचार, अनियमितता र लुटपाटमा केन्द्रीत भैरहेको देउवाको आरोप थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology