Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

आस्था राउतविरुद्ध पक्राउ पुर्जी जारी


1.8K
Shares

आस्था राउतविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं, ५ माघ । गायिका आस्था राउतविरुद्ध प्रहरीले दर्ता गरेको अभद्र व्यवहार मुद्दामा उनीविरूद्ध पक्राउ पुर्जी जारी भएको छ ।

त्रिभुवन विमानस्थलमा सुरक्षा चेकजाँचका क्रममा राउतले महिला प्रहरीमाथि दुर्व्यवहार गरेको भन्दै मुद्दा दर्ता गरेको थियो । राउतलाई प्रहरीले पक्राउ गर्ने तयारी थालेको जनाइएको छ ।

काठमाडौँ प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार जिल्ला प्रशासनबाट आस्थाविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ ।

अभद्र व्यवहारमा २५ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न र एक वर्षसम्म जेल र १ लाख सम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था रहेको एसएसपी सुवेदीले बताए ।

राउतले बुधबार नै सामाजिक सञ्जाल फेसबकुमार्फत प्रहरीलाई गाली गरेको भिडियो सार्वजनिक गरेकी थिइन् । भारत जाने क्रममा झापाको उडान भर्ने बेला त्रिभुवन विमानस्थलमा जाँचका क्रममा प्रहरीले आफूलाई हातपातसहित दुर्व्यवहार गरेको गायिका राउतको आरोप छ ।

गायिका राउत भने भारतमै भएको एक स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology