Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

राष्ट्रिय प्रसारण लाईनको कार्यक्रममा झडप, दर्जनौ मोटरसाइकल जलाईयो


5.4K
Shares

राष्ट्रिय प्रसारण लाईनको कार्यक्रममा झडप, दर्जनौ मोटरसाइकल जलाईयो

काठमाडौं, ४ माघ । सोलुखुम्बुको तिङ्लामा दर्जनौ मोटरसाइकल जलाईएको छ । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ८ स्थित एक कार्यक्रममा झडप हुदा दर्जन बढी मोटरसाईकल जलाईएको हो । स्थिति नियन्त्रणमा लिन हवाई फायर र अश्रु ग्याँस प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ ।

सोलुखुम्बुमा नेपाल बिधुत प्राधिकरणको राष्ट्रिय प्रसारण लाईनको उद्घाटन कार्यक्रममा झडप भएको हो । उद्घाटन कार्यक्रमको बिरोध गर्दै तिङ्लाका स्थानियले कार्यक्रममा सहभागी ब्यक्तिहरुको मोटरसाइकलमा जथाभावी आगजानी गरेका हुन ।

सोलुखुम्बुका प्रतिनिधि सभा सदस्य हेमकुमार राई सुरबिरले उद्घाटन गर्ने उक्त कार्यक्रमलाई सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले बिरोध गरेका थिए । मोटरसाईकल जलाउने र झडपको स्थितिमा कार्यक्रमलाई पुर्याउने काम मेयरकै ईसारामा भएको जनाईएको छ ।

झडपमा केही प्रर्दशनकारी र प्रहरी घाइते भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बन्दकर्ताले १६ वटा मोटरसाइकल र एउटा जीपमा आगजनीसमेत गरेका छन् । तिङ्ला बन्द हुँदा ओखलढुङ्गा(सल्लेरी फाप्लु सडक खण्डमा गाडी र यात्रु अलपत्र परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology