Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

प्रदेश १ मा सूर्तिजन्य पदार्थको बिक्री र प्रयोगमा प्रतिबन्ध 


4.1K
Shares

प्रदेश १ मा सूर्तिजन्य पदार्थको बिक्री र प्रयोगमा प्रतिबन्ध 

काठमाण्डौ । प्रदेश १ सरकारले सार्वजनिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री र प्रयोग प्रतिबन्ध लगाउने भएको छ ।
फागुन १ बाट प्रदेश सरकारले सार्वजनिक स्थलमा सूर्तीजन्य पदार्थ बिक्री र सेवनमा प्रतिबन्ध लगाउने भएको हो ।

सार्वजनिक स्थलमा सूर्तीजन्य पदार्थको नियन्त्रण र नियमन गर्ने ऐन जारी भएको ८ वर्षपछि प्रदेश १ मा यसको कार्यान्यन हुने भएको हो ।
प्रदेश एकका सामाजिक विकास मन्त्री जीवन घिमिरेले फागुन १ गतेबाट यो ऐन कार्यान्वयनमा आउने बताउनुभयो ।

ऐनमा भएको व्यवस्था बमोजिम सार्वजनिक स्थलबाट कम्तीमा एक सय मिटर भित्रको घर, पसलबाट सूर्तीजन्य पदार्थ बिक्री वितरणमा नियन्त्रण गरिने मन्त्री घिमिरेले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology