Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

आज पहाड र तराईमा वर्षा, हिमाली क्षेत्रमा हिमपात हुने  


4.9K
Shares

आज पहाड र तराईमा वर्षा, हिमाली क्षेत्रमा हिमपात हुने  

काठमाण्डौ, ४ माघ । बिहिबारदेखि सुरु भएको वर्षाका कारण काठमाण्डौंसहित देशभर चिसो बढेको छ । माघे झरीका कारण हिमाली तथा पहाडी जिल्लाहरुमा हिमपात भएको छ । हिमपातका कारण सूदुरपश्चिम तथा कर्णाली प्रदेशका पहाडी जिल्लाको जनजीवन कष्टकर बनेको छ ।

उपत्यकासहित देशका अधिकांश स्थानमा हिजो दिनभरी र राति पनि वर्षा भएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले वर्षा गराएको मौसमविद्ले बताएका छन् । आजपनि मौसममा खासै सुधार नआउने मौसमविद् शान्ती कँडेलले बताउनुभयो । तर मौसम पूर्वानुमान महाशाखाले भने नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव विस्तारै कम भई मौसममा क्रमिक रुपमा सुधार हँुंदै गईहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि सामान्य बदली भई १/२ स्थानमा वर्षा र हिमपात भईरहेको छ । महाशाखाले मौसमको पूर्वानुमान बुलेटिन निकाल्दै भनेको छ, ‘आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।

पहाडी तथा तराई भूभागका थोरै स्थानहरुमा हल्का वर्षा हुने देखिन्छ भने उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।’ आज राति देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र तराईका भूभागमा आंशिक बदलि भई पहाडी भूभागका थोरै स्थानमा हल्का बर्षा हुन सक्ने संभावना रहेको छ । वर्षा रोकिएपनि काठमाडौं उपत्यकामा कुहिरो लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology