Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

विश्वकै होचा व्यक्तिको कीर्तिमानी बनाएका खगेन्द्र थापा मगरको निधन


4.4K
Shares

विश्वकै होचा व्यक्तिको कीर्तिमानी बनाएका खगेन्द्र थापा मगरको निधन

कास्की, ३ माघ । विश्वकै होचा व्यक्तिको कीर्तिमानी बनाएका खगेन्द्र थापामगरको पोखरामा निधन भएको छ । थापाको शुक्रवार दिउँसो पोखराको मणिपाल अस्पतालमा निधन भएको खगेन्द्र थापा मगर प्रतिष्ठानका अध्यक्ष मिनबहादुर रानाले जानकारी दिनुभयो ।

स्वास्थ्यमा एकाएक समस्या आएपछि बिहीबार १२ बजे अस्पताल भर्ना गरिएका उहाँलाई शुक्रबार दिउँसो ३ बजे अस्पतालले मृत घोषणा गरेको थियो । रानाका अनुसार थापालाई मुटु, निमोनिया र दमको रोग देखिएको थियो । भर्ना गरिएलगत्तै थापालाई मणिपाल अस्पतालको सघन उपचारकक्ष (आइसियु) मा भर्ना गरिएको थियो ।

उहाँको कद ०.६७ नापिएको छ । अक्टोबर १४, २०१० मा १८ वर्षको पुगेपछि खगेन्द्रले होचो मान्छे हुने श्रेय एडवार्ड निनो हर्ना्न्डिजबाट प्राप्त गरेका थिए । थापा मगर नेपालको बागलुङ जिल्ला धुल्लुबासकोट ६ मा १८ असोज २०४९ मा जन्मिएका थिए । उनी गाउँलेहरू माझ सानो बुद्धू भनेर चिनिन्थे ।

जन्मदा खगेन्द्र मात्र ६०० ग्रामका मात्र थिए, अहिले उनको वजन ५.५ किलोग्राम थियो । मे २००८ मा खगेन्द्र ब्रिटिश च्यानेल ४ को मार्क डोलन द्वारा होस्ट गरिएको डकुमेन्ट्री द वर्ल्डस स्मलेस्ट म्यान एन्ड मी मा देखिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology