काठमाण्डौ, ३ माघ । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले तत्काल संसद बैठक राखेर एमसिसी पारित गर्न माग गरेको छ । आज बसेको संसदीय दलको बैठकले सरकारलाई ध्यानाकर्षण गराउँदै यस्तो आग्रह गरेको हो ।
संसद बैठक माघ ६ गतेका लागि तोकिएको छ । प्रतिनिधि सभाको हिउँदे अधिवेशनबाटै एमसिसि अनुमोदन गर्न काँग्रेसले सरकारको ध्यानाकर्षण गराएको हो । सभामुखको उम्मेदवारी दिने, नदिने विषयमा पनि बैठकमा छलफल भएको थियो ।
यद्यपी यसबारेमा सत्तापक्षसँग वार्ता गरेपछिमात्र तय हुने भनिएको छ । संविधानले फरक दलको सभामुख र उपसभामुख हुने व्यवस्था भएको प्रति ध्यानाकर्षण गर्दै दुइ मध्य एक पदमा आफ्नो पनि दाबी रहने काँग्रेसले बताउँदै आएको छ ।