गोरखा, २ माघ । गोरखाको शहिद लखन गाउँपालिका घैरुङमा आयोजित गोरु जुधाइ हेरेर फर्कदा भीरबाट लडेर घाइते एक युवकको मृत्यु भएको छ । गण्डकी गाउँपालिका(१ याङ्दीका २३ वर्षीय मौसम थापाको गोरखा अस्पतालमा उपचारको क्रममा बिहीबार मृत्यु भएको हो ।
बुधबार माघेसक्रान्तिको अवसरका घैरुङमा गोरु जुधाएको हेरेर फर्कने क्रममा बतासे नजिकै भिरबाट थापा लडेका थिए । सामान्य चोटपटक लागेका उनलाई उपचारका लागि बिहीबार गोरखा अस्पतालमा लगिएको थियो ।
उनको शव पोष्टमार्टका लागि गोरखा अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ ।