गोरखा २९, पुस
गोरखा क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका सांसद हरिराज अधिकारीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) प्रकरण बाँदरको घाँउ भएको बताउनु भएको छ । गोरखाको भीमसेन थापा गाउँपालिका–७ बोर्लाङ स्थित श्री सरस्वती माध्यामिक बिधालयको ६० औं बार्षिक उत्सव कार्यक्रमलाई मंगलबार सम्बोधन गर्नुहुदै उहाँले यस्तो बताउनु भएको हो ।
‘बाँदरले ज्यानमा भएको खटिरा धेरै चलाएर कहिल्लै बिसेक हुन दिदैन भन्छन्, सांसद अधिकारीले भन्नुभयो, अहिले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) त्यस्तै भएको छ । ’ उहाँले एमसिसीले कतिपय बुँदा नेपालको हित बिपरित रहेको भन्दै त्यसलाई सरकारले राम्रोसंग अध्ययन गरिरहेको बताउनुभयो ।
बाहिर हल्ला भएजस्तो एमसिसी बारेमा आधिकारिक जानकारी सांसदहरुलाई आएको छैन, उहाँले भन्नुभयो, यसलाई जति कोट्यायो त्यति नै बल्झीदै पनि जान्छ ।’ सांसद अधिकारीले बर्तमान सरकारले न्यायिक बिकासको अबधारणा अन्र्तगत योजनाबद्ध बिकास निर्माणको कामलाई अघि बढाएको बताउनुभयो ।
उहाँले भन्नुभयो, अबको बिकास न्यायपूर्ण हुन्छ पर्छ, बिकासको महसुस सवै नेपाली जनताले गर्नुपर्छ भन्नेमा बर्तमान कम्युनिष्ट नेतृत्वको सरकारले राम्रो संग बुझेको छ । अर्को फरक प्रसंगमा सांसद अधिकारीले सभामुख नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै हुने बताउनुभयो ।