माघे सक्रान्ति पर्वको अवसरमा भोलि सिन्धुलीका ७ गाउँपालिका तथा नगरपालिकाले सार्वजनिक बिदा दिएका छन् । मगर सुदायको महान चार्डको रुपमा रहेको मकर सक्रान्तिको अवसमा सिन्धुलीका ७ गाउपालिका तथा नगरपालिकाले सार्वजनिक बिदा दिएका हुन् ।
दुई नगरपालिका र सात गाउँपालिका रहेको सिन्धुलीमा कमलामाई नगरपालिका, घ्याङलेख गाउँपालिका, मरिण, हरिहरपुरगढी, सुनकोशी, फिक्कल र तीनपाटन गाउँपालिकाले सार्वजनिक बिदा दिएका छन् ।
मरिण गाउँपालिकाले भने, सरकारी कार्यालयका कामकाज सहज रुपमा सञ्चालन गर्ने गरी माघ १ र २ गते मगर समुदाय तथा मकर सक्रान्ति र माघी पर्व मनाउने समुदमय लाई मात्रै बिदा दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनले जानकारी दिनुभयो ।
गाोलन्जोर गाउँपालिका र दुधौली नगरपालिकाले भने सार्वजनिक बिदा दिएका छैनन् ।