Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

तुम्बाहाङ्फेले सभामुखमा दाबी गर्नु स्वभाविक : नेकपाका प्रवक्ता श्रेष्ठ


3.4K
Shares

तुम्बाहाङ्फेले सभामुखमा दाबी गर्नु स्वभाविक : नेकपाका प्रवक्ता श्रेष्ठ

नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले उपसभामुख शिवमाया तुम्बाहाङ्फेले सभामुखमा दाबी गर्नु स्वभाविक भएको बताउनुभएको छ । तर, सभामुख बन्नका लागि पनि उहाँले उपसभामुखबाट राजीनामा दिनुपर्ने उहाँको धारणा थियो ।

आज लमजुङमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले उपसभामुखले राजीनामा दिएपछि पार्टीमा छलफल गरेर सभामुखको उम्मेदवार चयन गर्ने बताउनुभयो ।

हाम्रो पार्टी संसदको सबैभन्दा ठूलो पार्टी हो । हाम्रो पार्टीले रिक्त सभामुख पदमा आफ्नो दाबी गर्नु र त्यो पद हासिल गर्नु स्वभाविक ठहर्छ, उहाँले भन्नुभयो । आफ्नो पार्टीका तर्फबाट प्रतिनिधिसभामा सदस्य रहेका सबैले सभामुखमा दाबी गर्न सक्ने श्रेष्ठको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology