नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय राजनीतिमा जटिलता देखा परेको बताउनुभएको छ ।
सभामुख छनौटको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग किचलो परिरहेका बेला, चितवनको माडीमा आयोजित खिचरा महोत्सवको उद्घाटन गर्दै उहाँले केन्द्रीय राजनीतिमा बेला–बेला केही जटिलता उत्पन्न हुने र अहिलेको अवस्था त्यस्तै भएको बताउनुभयो ।
निर्वाचनका बेलामा आफूले माडीलाई दुर्गमबाट सुगम बनाउने भनी गरेको प्रतिवद्धता नभुलेको भन्दै प्रचण्डले अब माडी पिछडीएको क्षेत्र नरहने दावी गर्नुभयो ।
उहाँले विकासका पूर्वाधारको निम्ति प्रक्रिया अगााडी बढाएको भन्दै आफूले माडीका लागि देखेको सपना अझै पूरा नभएको पनि बताउनुभयो ।