Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

खाल्टोमुनी बाकसमा लुकाएर राखेको १ करोड रुपैया बरामद


3K
Shares

खाल्टोमुनी बाकसमा लुकाएर राखेको १ करोड रुपैया बरामद

डडेल्धुरा २९, पुस । भारतबाट चोरी गरी ल्याएको ६४ लाख भारतीय रुपैयाँसहित कैलालीबाट तीनजना पक्राउ परेका छन्। भारतको राजधानी नयाँदिल्लीबाट चोरेर गरी ल्याएको ६४ लाखको नेपाली रुपैयाँ एक करोड दुई लाख बढी हुन आउँछ।

पक्राउ पर्नेमा बाजुराको बूढीगंगा नगरपालिका १ डुड्ग्रीका २९ वर्षीय जहर सिंह थापा सोही ठाउँकी २८ वर्षीया मनाकुमारी खड्का -थापा र कैलालीको गौरीगंगा नगरपालिका २ की ३२ वर्षीया बिन्दाकुमारी थापा (रावल) रहेको प्रहरीले जनाएको छ। प्रहरीले चोरी गरेको रकमसहित उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूलाई मंगलबार कैलाली प्रहरीले पत्रकारसम्मेलन मार्फत सार्वजनिक गरेको हो।प्रहरीकाअनुसार बाजुराका जहरसिंह थापा र मनाकुमारी खड्का थापाले भारतबाट पैसा चोरी गरेको र कैलाली गौरीगंगाकी बिन्दाकुमारी थापा (रावल) चोरीको पैसा आफ्नो घरमा लुकाइ राखेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

भारतको राजधानी नयाँदिल्लीका विश्वेश्वर अग्रवालको कार्यालयबाट गर–गहना र नगद चोरी भएको भारतीय राजदूतावासले जनाएपछि कैलाली प्रहरीले उनीहरूको खोजी सुरु गरेको थियो। प्रहरीले कैलालीको गौरीगंगा २ मा बिन्दाको कच्ची घर कोठाभित्र सुत्ने खटियामुनि खाल्टो खनी टिनको बाकसभित्र प्लास्टिक र कपडामा बेरी लिपपोत गरी पुरेर लुकाइरहेको अवस्थामा ६५ लाख भारतीय रुपैयाँसहित बरामद गरेको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताउनुभयो।

अग्रवालले सुनका गरगहनासहित एक करोड चार लाख भारतीय रकम चोरी गरेको आरोप लगाएका छन्। ‘हामीले अहिले ६५ लाख भारतीय रुपैयाँ मात्रै बरामद गरेका छौँ’ डीएसपी बस्नेतले भन्नुभयो, ‘चोरी भएको गहना र अन्य रकम हामी खोज्दै छौँ।’ प्रहरीका अनुसार उनीहरूले मंसिर ४ गते भारतबाट रकम चोरेर ल्याएका हुन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology