गोरखा, २९ पुस । जिल्लाको भिमसेन थापा गाउँपालीका- ७ बोर्लाङमा रहेको श्री सरस्वती माध्यमिक बिधालयको ६० औ बार्षिकोत्सव तथा अभिभावक दिवस समारोह (आज)मङ्गलबार एक कार्यक्रमका बिच सम्पन्न भएको छ । बिबिध खेलकुद तथा सास्कृतिक कार्यक्रमका बिच हिजो देखि सुरु भएको बार्षिकोत्सव कार्यक्रम आज सम्पन्न भएको हो ।
कार्यक्रम अन्तरगत हिजो सदनात्मक खेलकुद तथा आज सदनात्मक नृत्य प्रतियोगिता सम्पन्न भएको बिधालयले जनाएको छ । प्रतियोगितामा प्रथम, दितिय र तृतीय हुने प्रतियोगी सदनलाइ आजै पुरस्कार बितरण गरिएको छ ।

त्यस्तै सोही बिधालयमा अध्यापन गराउने शिक्षक शिक्षिकालाइ नगद र प्रमाण-पत्र सहित सम्मान समेत गरिएको छ।कार्यक्रममा सो बिधालयका प्रधानाध्यापक राम चन्द्र पौडेलले बिधालयको प्रगती प्रतिबेदन प्रस्तुत गर्नुभयो ।
गोरखा जिल्ला क्षेत्र नम्बर १ का सांसद हरिराज अधिकारिको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा भिमसेन थापा गाउपालिका अध्यक्ष इश्वर पाण्डे, नेपाल शिक्षक महासंघ गाेरखाका अध्यक्ष धुर्व भट्ट, लगायतले मन्तब्य व्यत्त गरेका थिए । कार्यक्रम बिधालय व्यवस्थापन समितिका अध्यक्ष नारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।