Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बुढिगण्डकी आयोजनालाई अझै ३४ बर्ष पछाडी धकेल्ने षडयन्त्र भईरहेको छ : सांसद अधिकारी


4.2K
Shares

बुढिगण्डकी आयोजनालाई अझै ३४ बर्ष पछाडी धकेल्ने षडयन्त्र भईरहेको छ : सांसद अधिकारी

काठमाण्डौ २७, पुस ।
गोरखा क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका सांसद हरिराज अधिकारीले बुढिगण्डकी आयोजना निर्माणको कामलाई अझै ३४ बर्ष पछाडी धकेल्ने षडयन्त्र भइरहेको आरोप लगाउनु भएको छ । जनयुद्धमा राज्यपक्षबाट मारिनु भएका तत्कालिन गोरखाका प्रेम ढकाल (सन्तोष) को स्मृती दिवसको अबसरमा आज राजधानीको नयाँबजारमा आयोजित स्मृतीसभामा बोल्दै सांसद अधिकारीले यस्तो बताउनु भएको हो ।

सरकारले बाँकी रहेको क्षेत्रको मुआब्जा निर्धारण गरेसंगै बिभिन्न षडयन्त्र चिर्दै १२ सय मेगावाट क्षमताको राष्ट्रिय गौरबको बुढिगण्डकी आयोजना बन्ने कुराको सुनिश्चित गरेको उहाँले बताउनुभयो । ‘डिपिआर तयारदेखि मुआब्जा निधारर्णसम्म आइपुग्न ३४ बर्ष लागेको उल्लेख गदैै सांसद अधिकारीले भन्नुभयो, ‘अझै केहि डलरबादीहरु आयोजनालाई ३४ बर्ष पछाडी धकेल्न चाहान्छन्, त्यो हामी कसैलाई अब मान्य हुनेछैन ।’
उहाँले आयोजनाको क्षमता १२ सय मेगावाट नै हुने समेत बताउनु भएको छ । सांसद अधिकारीले राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाइएको बुढिगण्डकी आयोजनालाई घटाउन लागिएको भनेर बाहिर आएको कुरा हल्ला मात्र भएको स्पस्ट पार्नुभयो । ‘बुढिगण्डकी आयोजना ९ सय, ८ सय, ६ सयको मेगावाटको बन्छ भनेर बजारमा हल्ला भईरहेका छन्, उहाँले भन्नुभयो, यो डलरबादी कम्पनीहरु चलखेल गर्ने रणनीति नै भए जस्तो देखिन्छ तर त्यो कुनै हालतमा हुदैन ।’

सांसद अधिकारीले भर्खरै आयोजनाको डुवान क्षेत्रमा पर्ने बाँकी स्थानको मुअब्जा निर्धारण गर्दा जनताको आबश्यकता र न्यायपूर्ण नभएको उल्लेख गर्नुभयो । ‘ मुअब्जा निर्धारणमा केहि कुराहरु नमिलेको स्थिती छ, त्यसलाई मिलाउदै लैजानु पर्ने आबश्यकता छ उहाँले भन्नुभयो, प्राबिधिक कुरा मिलाउने र आयोजना निर्माण अघि बढाउने कामअब संगैसंगै अघि बढाउनु पर्छ ।’
उहाँले मुआब्जाको सन्र्दभमा भएका असमानता बिभेद लगायका कमिकमजोरी सच्याउन राज्यलाई दबाव दिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology