Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाको बक्राङमा एनसेल टावरमा आगजनी


1.9K
Shares

गोरखाको बक्राङमा एनसेल टावरमा आगजनी

गोरखा, पुष २६ । गोरखाको सहिद लखन गाउँपालिका(१ बक्राङ भोक्टेनिमा रहेको एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेका छन् । जिल्ला प्रहरी कार्यालय गोरखाले दिएको जानकारी अनुसार शुक्रबार राती ११ः३० बजे टावरमा अज्ञात समुहले आगजनी गरिएको हो।

आगजनीबाट टावरको लागि पावर सप्लाईका तारहरु जलेको छ । क्षतिको यंकिन विवरण भने अहिले सम्म पनि आउन सकेको छैन । जुटको बोरा र पराल प्रयोग गरेर आगो लगाइएको जिल्ला प्रहरी कार्यलय गोरखाले जनाएको छ ।

टावरमा आगजनी भएसँगै सो क्षेत्रमा सेवा प्रभावित बनेको छ । आगजनी गर्नेको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology