Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

माघ १ गते सार्वजनिक बिदा


3.2K
Shares

माघ १ गते सार्वजनिक बिदा

गोरखा २५, पुस ।
गण्डकी प्रदेश सरकारले माघ १ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले माघी पर्वको अवसर पारेर बिदा दिने निर्णय गरेको हो ।

आज मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै गण्डकी प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले माघ १ मा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिनुभयो ।

माघी पर्व पवित्र नदिमा स्नान गरेर पुजा आजा गरि मनाइन्छ । घिउ, चाकु, तरुल आदि परिकार माघी मेलामा खाने गरिन्छ । यस्तै प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठान विधेयक स्वीकृत गरी प्रदेश सभामा पेश गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको प्रवक्ता बस्नेतले जानकारी बताउनुभयो ।

गण्डकी प्रदेश सरकारले गएको वर्षमा पनि माघी पर्वको अबसरमा पनि सार्वजनिक बिदा दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology