Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

ट्रिपरले किचेर युवकको हत्या गरेका भनिएका चालक पक्राउ


2.1K
Shares

ट्रिपरले किचेर युवकको हत्या गरेका भनिएका चालक पक्राउ

काठमाण्डौ २५, पुस ।
अवैध नदी उत्खनन्को विरोध गर्ने युवकलाई धनुषाको मिथिला नगरपालिकामा ट्रिपरले किचेर हत्या गरिएको घटनामा अनुसन्धानका लागि प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले ना ७ ख ६४१३ नम्बरको टिपरका चालक बर्दिवास घर भएका मुनिन्द्र महतोलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रमुख प्रहरी उपरीक्षक, एसपी रमेशकुमार बस्नेतले चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जानकारी दिनुभयो ।

घटनालगत्तै इलाका प्रहरी कार्यालय, ढल्केवरले टिपरलाई नियन्त्रणमा लिए पनि चालक फरार थिए । पीडित परिवारले किचेर हत्या गरेको दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology