काठमाण्डौ २५, पुस ।
अवैध नदी उत्खनन्को विरोध गर्ने युवकलाई धनुषाको मिथिला नगरपालिकामा ट्रिपरले किचेर हत्या गरिएको घटनामा अनुसन्धानका लागि प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले ना ७ ख ६४१३ नम्बरको टिपरका चालक बर्दिवास घर भएका मुनिन्द्र महतोलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रमुख प्रहरी उपरीक्षक, एसपी रमेशकुमार बस्नेतले चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जानकारी दिनुभयो ।
घटनालगत्तै इलाका प्रहरी कार्यालय, ढल्केवरले टिपरलाई नियन्त्रणमा लिए पनि चालक फरार थिए । पीडित परिवारले किचेर हत्या गरेको दाबी गर्दै आएका छन् ।