चितवन । चितवनमा ट्याङकरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बिहिबार साँझ ५ः२० मा भएको दुर्घटनामा एकको मृत्यु र एक घाइते भएका हुन् । पूर्वी चितवनको राप्ती नगरपालिका ६ हर्दीमा पश्चिमवाट पूर्वतर्फ जाँदै गरेको प्रदेश नं. ३र०२००५ प ४३४७ नम्वरको मोटरसाइकललाई सोही दिशावाट आउँदै गरेको ना ७ ख ४६६० नम्वरको ट्याङकरले ठक्कर दिएको हो ।
ठक्करबाट घाइते मोटरसाइकल चालक गोरखा भिमसेन थापा गाँउपालिका ४ का ३५ बर्षिय इन्द्र बहादुर तामाङको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ । मोटरसाईकल पछाडि सवार सोही ठाँउका २५ बर्षिय सुगम तामाङ गम्भिर घाइते भएका छन् ।
उनको चितवन मेडिकल कलेजमा नै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।