Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

रातको समयमा यस्ता खानेकुरा खाँदा फाइदा


6.4K
Shares

रातको समयमा यस्ता खानेकुरा खाँदा फाइदा

बदलिदो जिवनशैली र कामको अनिवार्यताले गर्दा आजभोली धेरै मानिसहरु राती अबेरसम्म जागै बस्ने गरेको पाइन्छ। राती अबेरसम्म जागै बस्दा केही खानेकुरा खानु स्वास्थ्यको लागि नोक्सानदायक हुने गर्दछ। यदी तपाई राती केहि खान चाहानुहुन्छ भने यी पाँच स्वास्थ्यकर तथा तथा मिठो खानेकुरा खान सक्नुहुन्छ ।

१. पीनट बटर र ब्राउन ब्रेड
यदी तँपाई रात्रिकालिन जागिर गर्नुहुन्छ भने पीनट बटर र ब्राउन ब्रेड डिनरको लागी टिफिन मा प्याक गर्नहोस । यो खानेकुरा राती खाने अरु खानेकुरा चिप्स, बर्गर या कोल्ड ड्रिंक्स भन्दा धेरै स्वास्थ्यकर रहेको छ । येसले भोक शान्त पार्नुको साथै शरिरलाई पनि फाइदा गर्दछ ।

२.उमालेको अण्डा
यदी साथीहरुसँग बसेर राती फिल्म हेरिरनु भएको छ भने उमालेको अण्डा खानु उपयुक्त हुनसक्छ। एउटा पिलेटमा अण्डालाई सानो(सानो टुक्रा पार्नुहोस र त्यसमा टमाटर, प्याज, नींबू मिलाएर सलादको साथ मज्जा लिनुहोस।

३. फ्याट रहित दुध र मकै
यदी राती अबेर खानैपर्ने बाध्यता छ भने यो अप्शन राम्रो हुनेछ। यसमा गहुँ वा जौँको फ्लेक्स पनि प्रयोग गर्नु सकिन्छ । यसको लागी दूध स्किम्ड अर्थात फ्याट फ्री दूधको प्रयोग गर्नुपर्ने हुन्छ। साथै यो दुधको प्रयोग बिना सुख्खै खान पनि सकिन्छ।

४. बदामको वा चिज
बदाम,काजु वा अन्य किसिमका गेडागुडीलाई मिक्स गरेर राख्नुहोस। राति उठेको समय जब भोक लाग्छ तब मुठ्ठी भरको बदामले तँपाइको भोकलाई शान्त पार्न पर्याप्त हुन्छ । पनीर प्रोटिन तथा क्यालशियमको मुख्य स्रोत हो जुन तपाईले काँच्चै खान सक्नुहुनेछ ।

५.फलफूल
फलफूल सधै स्वास्थको लागी लाभदायक हुन्छ तर रातको समयमा फलफूल खानुहुन्छ भने मौसम अनुसार खानुहोस। यदी चिसोको समय छ भने केरा सुन्तोला जस्ता फल नखानुहोस। अफिसमा रातको समय काम गर्दा घरबाट फ्रुड चाट बनाएर लग्नुहोस जुन रिफ्रेशिंग पनि हुन्छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology