Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

सरकार र पार्टी प्रभावकारी नभएको भैंसेपाटी बैठकको निष्कर्ष


1.7K
Shares

सरकार र पार्टी प्रभावकारी नभएको भैंसेपाटी बैठकको निष्कर्ष

काठमाडौँ । सत्तारुढ दल नेकपाका शीर्ष नेताहरुले सरकार र पार्टी सञ्चालन दुबै ‘प्रभावकारी’ नभएको निष्कर्ष निकालेका छन् । उनीहरुले त्यसका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दवाव दिने भएका छन् ।

सभामुख चयन र एमसीसी अनुमोदनमा ‘सकस’ भइरहेका बेला नेता बामदेव गौतमको भैंसेपाटीस्थित घरमा बुधबार भएको शीर्ष नेताहरुको जमघट र छलफलले यस्तो निष्कर्ष निकालेको हो ।

बुधबार नेता गौतमको घरमा उनीसहित नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड, अर्का नेता माधवकुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ छलफलमा जुटेका थिए ।

बैठकमा सहभागीमध्येका नेता झलनाथ खनालले पार्टीका नेताहरुबीच भेटवार्ता गर्नु सामान्य भएको भन्दै समसामयीक विषयमा छलफल गरेको प्रतिक्रिया दिनुभयो ।

‘नेताहरुबीच समसामयीक विषयमा कुराकानी र भेटघाट भएको हो । त्यस्तो केही भएको होइन’, नेता खनालको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology