Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा भुकम्पपछि मापदण्ड नपु¥याइ बनाइएका घरको सुधार गरिदै


1.4K
Shares

गोरखामा भुकम्पपछि मापदण्ड नपु¥याइ बनाइएका घरको सुधार गरिदै

गोरखा २४, पुस ।  गाोरखाका २ नगरपालिका तथा ६ गाँउपालिकामा भूकम्प लगत्तै बनेर मापदण्ड नपु¥याइएको बनेका घरमा सुधार कार्य अगाडी बढेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तोकेको न्युनतम मापदण्ड नपुगेका निजी आवासमा भारत सरकारद्धारा सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजनाका प्राविधिकको सहजिकरणमा सुधार कार्य (जसलाई इन्जिनियरीङ भाषामा करेक्सन इन्टरभेन्सन भन्निछ) कार्य अगाडी बढाइएको हो ।

परियोजनाका २६ हजार ९ सय १२ भूकम्प प्रभावित घरधनी मध्ये १ सय ७५ पहिचान भएकामा ३२ वटा घरमा सुधार कार्य सम्पन्न भएको छ । उक्त ३२ घरमा परियोजनाको प्रत्यक्ष सहभागितामा सुधार कार्य सम्पन्न गरिएको वरिष्ठ इन्जिनियर सन्तोष लामाले बताउनुभयो । यस्तै भूकम्प प्रभावित घरधनी तथा परियोजनाका प्राविधिकको सहजिकरण मार्फत सामान्य सुधार सम्पन्न गरि ८१ जना घरधनीले किस्ता प्राप्त गरिसकेको परियोजनाले जनाएको छ ।

यो बाँकी ९४ घरमा भने सुधार कार्य अगाडी बढिरहेको इन्जिनियर विरेन्द्र श्रेष्ठले बताउनुभयो । यसैबीच, सुधारका क्रममा १९३.स्थानीय तालिम प्राप्त दक्ष डकर्मीले तालिम लिएको श्रेष्ठले जानकारी दिनुभयो । बन्धन नभएका, कोठा मापदण्ड भन्दा ठूला भएका, आकार नमिलेका, झ्यालढोकाको आकार मापदण्ड भन्दा ठूला तथा उचित स्थानमा नभएका अधिकाशं घरमा मर्मत गरिएको परियोजनाले जनाएको छ ।

वरिष्ठ इन्जिनियर सन्तोष लामाले भन्नुभयो,‘परियोजनाबाट कार्यक्षेत्रमा खटिएका प्राविधिकले प्राधिकरणका इन्जिनियरसंग समन्वय गरेर सम्पुर्ण सुधार कार्य अगाडी बढाउने गरेको छ । सुधार कार्य सम्बन्धी तालिम सञ्चालनका लागि सम्बन्धित वडाको निर्णय बाट मात्रै भूकम्प पश्चात बनेका घरमा सुधार कार्य अगाडी बढाइएको परियोजनाका जिल्ला संयोजक राम सापकोटाले बताउनुभयो ।

परियोजनाले गोरखाको पालुंगटार तथा गोरखा नगरपालिका एवम् धार्चे, शहिदलखन , गण्डकी, सिरानचोक, अजिरकोट र आरुघाट गाँउपालिकामा भूकम्प प्रभावितहरुको घर पुनर्निर्माणका लागि सम्बन्धित पालिकासंगको समन्वयमा सामाजिक प्राविधिक सहजिकरण गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology