Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

अबरुद्ध नारायणगढ–मुग्लिन सडक नियमित सुचारु


3.1K
Shares

अबरुद्ध नारायणगढ–मुग्लिन सडक नियमित सुचारु

चितवन, २४ पुस । पहिरो रोकथामको लागि काम गर्न भन्दै मंसिर २७ गतेदेखि दैनिक ४ घण्टा बन्द गरिदैँ आएको नारायणगढ– मुग्लिन सडक नियमित रुपमा सुचारु भएको छ। पछिल्लो पटक पुस २२ गते सुचना जारी गरि भोलि पुस २५ गतेबाट बन्द सडक सुचारु गरिने भनिए पनि मौसम परिवर्तनसंगै पानी परेपछि बिहिबार देखि नै सडक नियमित रुपमा सुचारु गरिएको नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर तथा सुचना अधिकारी शिव खनालले जानकारी दिनुभयो।

तर घोषित रुपमा दैनिक ४ घण्टा सडक बन्द नभएपनि पहिरो रोकथामको काम नसकिएकोले बिच बिचमा केहि समय सडक अवरुद्ध हुने पनि उहाँले बताउनुभयो।पहिरो रोकथामको लागि काम गर्न भन्दै मंसिर २७ गतेदेखि दैनिक रुपमा बिहान ११ बजेदेखि ३ बजेसम्म ४ घण्टा सडक बन्द गरिदै आएको थियो। सुरुवातमा पुस १५ गतेसम्म बन्द गर्ने भनिए पनि काम नसकिएको भन्दै दुई पटकसम्म म्याद थप गरेर पुस २४ गतेसम्म सडक बन्द गरिएको थियो।

नारायणगढ– मुग्लिन सडक खण्डलाई दुई लेनको फराकिलो सडक बनाउने काम गत वर्ष मात्रै सकिएको थियो। सडक फराकिलो बनाउनका लागि पहाड काटेको ठाउँमा पहिरो जाने समस्या सुरु भएको थियो। नारायणगढ – मुग्लिन सडक राजधानी काठमाडौं र पोखरालाई देशको पूर्वी र पश्चिम भागसँग जोड्ने मुख्य मार्ग हो। यो सडक हुँदै दैनिक १० हजार गाडी ओहर दोहर गर्दछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology