गोरखा २४, पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय पोखरामा गोरखा जिल्लाबाट चालु आर्थिक बर्षमा २९ वटा उजुरी दर्ता भएको छ । आयोगमा पछिल्लो समय गोरखाबाट भ्रष्टाचारको उजरीको सख्या बढेको पाईएको हो । आयोगमा चालु आर्थिक बर्षमा दर्ता भएका मध्ये ९ वटा उजुरी फच्र्यौट भईसकेको कार्यालयका मेघराज रिजालले जानकारी दिनुभयो ।
बाँकी उजुरी माथि अनुसन्धान भईरहेको छ, उहाँले भन्नुभयो गएको बर्ष आयोगमा गोरखाबाट २६ वटा उजुरी बढेकोमा यो बर्ष बढेको छ ।’ परेका उजुरीहरुमा धेरै जसो बिधालय व्यवस्थापन समिति गठन, ठेक्कापट्टा लगायत रहेको उपसचिव रिजालले जानकारी दिनुभयो ।
उहाँका अनुसार चालु अािर्थक बर्षमा गोरखाबाट आयोगमा शिक्षा सम्बन्धी मात्रै ४ वटा उजुरी परेको छ । जसमा शिक्षकको नियम बिपरित सरुवा, बिधालय भवन निर्माणमा कमसल सामाग्रीको प्रयोग, नक्कली ठेकेदारलाई भुक्तानी लगायत रहेको उपसचिव रिजालले जानकारी दिनुभयो । शिक्षा क्षेत्रका अन्र्तगत परेका उजुरी माध्ये स्थानिय तहसंग सम्बन्धित थप ३ ओटा उजुरी परेको उहाँले बताउनुभयो ।
आयोगमा गोरखाबाट भौतिक पूर्वाधार बिकास मन्त्रालयसंग सम्बन्धी ४ वटा, गृहमन्त्रालयसंग सरोकार राख्ने २ वटा, सिंचाई मन्त्रालयसंग सम्बन्धित ३ वटा उजरी परेको कार्यालयले जनाएको छ । पछिल्लो समय स्थानीय तह बनेसंगै आर्थिक अनियमिता समेत बढेको उहाँको भनाई छ ।