Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

जनयुद्धमा बेपत्ता पारिएकाको बिषयमा राज्य बोल्न नसक्नु नालायकी पन : सांसद अधिकारी


2.1K
Shares

जनयुद्धमा बेपत्ता पारिएकाको बिषयमा राज्य बोल्न नसक्नु नालायकी पन : सांसद अधिकारी

काठमाण्डौ २४, पुस । नेकपा केन्द्रीय सदस्य तथा गोरखा क्षेत्र–१ का सांसद हरि अधिकारीले वेपत्ता व्यक्तिको विषयमा राज्यले केही बोल्न नसक्नु नालायकी पन भएको बताउनु भएको छ । जनयुद्धका क्रममा बेपत्ता हुनु भएको गोरखाका राजेन्द्र ढकालको सम्झनामा आयोजित एक कार्यक्रममा बोल्दै अधिकारीले यस्तो बताउनु भएको हो ।

‘यत्तिका मान्छेको पोजिसनको बारेमा राज्यले भन्न नसक्नु नालायकी हो,’ उहाँले भन्नुभयो, ‘राज्यले बोल्न जति ढिलो र्गयो उति बेठीक हुन्छ ।’ उहाँले सरकार जतिसक्दो चाँडै बोल्नुपर्ने र नबोलेमा प्रत्युत्पादक हुने बताउनुभयो । कार्यक्रममा बोल्दै बेपत्ता ढकालकी पत्नी विमलाले बेपत्ता छानबिन आयोग पदाधिकारीविहीन हुँदा न्याय माग्न जाने ठाउँ पनि नभएको बताउनु भएको छ ।

‘सरकारले सत्य निरुपण र बेपत्ता छानबिन आयोग गठन र्गयो, यसले केही काम गर्छ कि भन्ने झिनो आशा थियो, तर आयोग आयोगमै सीमित भयो, पटक पटक म्याद थपियो, केही कर्मचारीले जागिर खाए, गाडी चढे, हाम्रा पीडा जहाँका तहीँ यथावत रहे,’ उहाँले भन्नुभयो ।

तत्कालीन नेकपा माओवादीका जिल्लास्तरका नेता राजेन्द्र ढकाललाई प्रहरीले २०५५ साल पुस २४ गते पक्राउ गरेको थियो । पक्राउ पर्नु भएका ढकाल त्यति बेलादेखि नै बेपत्ता हुनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology