Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

इराकमा रहेका नेपाली शान्ति सैनिकलाई सतर्कता अपनाउन निर्देशन


1.7K
Shares

इराकमा रहेका नेपाली शान्ति सैनिकलाई सतर्कता अपनाउन निर्देशन

काठमाडौं २३, पुस । इरान अमेरिका बिच तनाब बढ्न थालेपछि नेपाली सेनाले इराकमा शान्ति स्थापनाका लागि खटिएका नेपाली शान्ति सैनिकलाई सतर्क रहन निर्देशन दिएको छ ।

अमेरिकाको कारबाहीमा इरानी सैन्य कमान्डर कासिम सुलेमानीको मृत्यु भएपछि अमेरिकी सेनाको बेसक्याम्पमा मिसाइल आक्रमण हुन थालेपछि नेपाली सेनाले इराकको किरकुक र इरविलमा रहेका नेपाली शान्ति सैनिकलाई सतर्कता अपनाउन निर्देशन दिएको छ ।

सेनाले बुधबार विज्ञप्ति जारी गरी अहिलेसम्म नेपाली शान्ति सैनिक सकुशल रहेको पनि उल्लेख गरेको छ ।

शान्ति स्थापनाका लागि इराकमा तैनाथ नेपाली सेनाको गार्ड युनिटलगायत लेबनान र सिरियामा तैनाथ नेपाली सेनाका युनिटमा पनि विशेष सतर्कता अपाउन निर्देशन दिएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology