गोरखा २३, पुस । गोरखाको भिमसेन थापा गाउँपालिका –५ बगुवामा मृत अबस्थामा चितुवा फेला परेको छ । अन्दाजी २ वर्षको भाले चितुवा मृत भेटिएको जिल्ला बन कार्यालय गोरखाका सहायक बन अधिकृत बालकुमार नेपालीले जानकारी दिनुभयो।
‘चितुवाको शरीरको बाहिरि भागमा कुनै चोट देखिएको छैन, नेपालीले भन्नुभयो, के कारण म¥यो भन्ने यकिन छैन ।
मृत चितुवालाई बन कार्यालयको टोलीले ल्याएर उचित ब्यवस्थापन गरेको बन अधिकृत तोयानाथ पौडेलले जानकारी दिनुभयो ।