Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

श्रीमानले हम्मरले हिर्काउँदा श्रीमतीको ज्यान गयो


1.4K
Shares

श्रीमानले हम्मरले हिर्काउँदा श्रीमतीको ज्यान गयो

बुटवल २३, पुस । रुपन्देहीको सियारी गाउँपालिकाका एक पुरुषले हम्मरले हिर्काउँदा श्रीमतीको ज्यान गएको छ ।

स्थानीय ३२ बर्षका सनि कुमालले हम्मरले हिर्काउदा ३० वर्षीया श्रीमती कान्छी सुवेदी भनिने चम्पा क्षेत्री कुमालको ज्यान गएको रुपन्देही प्रहरीले जनाएको छ ।

रुपन्देहीका प्रहरी प्रवक्ता खडकबहादुर खत्रीले प्रारम्भिक अनुसन्धानमा सनिले फलामको हम्मरले टाउको, अनुहार, छाती, पेटमा हिर्काएर श्रीमती कान्छीको हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

मंगलबार बिहान ११ बजे सियारी गाउँपालिका १ स्थित सूर्यबहादुर कुँवरको घरस्थित डेरामा कान्छी कोठाभित्र मृत अवस्थामा फेला परेपछि प्रहरीमा खबर पुगेको थियो ।

प्रहरीले अभियुक्त सनिलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology