गोरखा,२३ पुस । सँगै मर्ने र सँगै बाँच्ने बाचा कसम खाएर वैवाहिक जिवनमा बाँधिएका अधिंकाश जोडीको एउटै सपना र बाचा हुन्छ, सँगसँगै मर्न पाउँ अनि सँगसँगै बाँच्न पाँउ तर यस्तो संयोग बिरलैलाई प्राप्त हुन्छ, जो सँगसँगै मृत्युवरण गर्न पाउँछन् ।
गोरखाको फुजेलमा यस्तै दुर्लव संयोग जुरेको छ । श्रीमान र श्रीमतीको केही घण्टाको अघिपछिको फरकमा मृत्यु भएको छ । श्रीमतीको मृत्यु भएको करिव ४० घण्टापछि श्रीमानको पनि मृत्यु भएको हो ।
गोरखाको गण्डकी गाउँपालिका वडा न ३ की दयन्ति अम्गाईकोे सोमवार विहान ३ बजे मृत्यु भएको थियो । उनको मृत्युको शोकमा परेका उनका पति ९२ वर्षीय कर्णखर अम्गाईको पनि मंगलवार राति ९ बजे मृत्यु भएको आफन्तले जानकारी दिएका छन् ।
श्रीमान(श्रीमतीको स्थानीय बुढीगण्डकी नदीमा अन्तिम दाहसंस्कार गरिएको हो। श्रीमतीको अन्तिम दाहसंस्कार गरिएको चिता सेलाउन नपाउदै श्रीमानको अन्तिम दाहसंस्कार गर्नु परेको स्थानीय रामजी पन्तले बताउनुभयो।
अम्गाई दम्पतिका १ छोरा र ४ छोरी रहेका छन् ।