काठमाण्डौ २३, पुस – नेपाल विद्युत प्राधिकरण जोरपाटी वितरण केन्द्रबाट खटिएको ‘नोलाइट’ टोलीलाई प्रहरीले कुटपिट गरेको छ ।
गएराति १० बजे बिजुलीको लाइन मर्मत गरि फर्किएका दुई जना कर्मचारीमाथि सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) प्रविण राई र हवलदार छविन्द्र राईले कुटपिट गरेको जोरपाटी वितरण केन्द्रका प्रमुख रामप्रसाद पौडेलको बताउनुभयो ।
कुटपिटबाट घाइते भएका विद्युत प्राधिकरणका कर्मचारी सूर्यबहादुर खत्री र सुवास खड्काको अर्थोपेडिक हस्पिटलमा उपचार भैरहेको छ । कुटपिट गर्ने दुई जनालाई बौद्ध चौकीमा राखिएको छ ।
महानगरीय प्रहरी बौद्धका प्रहरी नायब उपरीक्षक ९डीएसपी० रमेशबहादुर सिंहले भने प्राधिकरणका कर्मचारीले तीव्र गतीमा गाडी चलाएको र त्यसै विषयमा विवाद भएको बताउनु भयो । प्रहरीविरुद्ध जाहेरी आएपछि मुद्दा चलाइने र दोषीमाथि कारबाही प्रक्रिया अघि बढाइने उहाँले भन्नुभयो ।