Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

पश्चिमी वायुको प्रभावले देशका बिभिन्न स्थानमा वर्षा र हिमपात


6K
Shares

पश्चिमी वायुको प्रभावले देशका बिभिन्न स्थानमा वर्षा र हिमपात

काठमाण्डौ । हाल नेपालमा पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पश्चिमी भूभागहरुमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही पश्चिम र मध्यका केही स्थानहरुमा हल्कादेखि मध्यम बर्षाको सम्भावना छ । पूर्वी भूभागमा हल्का बर्षाको सम्भावना देखिएको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा मध्यम देखि भारी हिमपात हुने सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

आज राति देशभर सामान्य बदली रही पश्चिमका केही स्थानहरुमा र मध्य र पूर्वका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा मध्यमदेखि भारी हिमपात हुनेछ ।

देशका केहि स्थानहरूमा वर्षा र हिमपातको सम्भावना रहेको र यसकै कारण जाडो बढ्ने हुनाले चिसोबाट जोगिने उपाय अपनाउन मौसमविद्हरुले आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology