Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

छोरीको हत्या आरोपमा आमासहित चारजना पक्राउ


1.5K
Shares

छोरीको हत्या आरोपमा आमासहित चारजना पक्राउ

नागरिक सवाल । छोरीको हत्या गरेको आरोपमा प्रहरीले पर्सामा किशोरीकी आमासहित चारजनालाई पक्राउ गरेको छ ।

पर्साको पोखरिया नगरपालिका–९, शिवबर्वाकी १५ वर्षीया किशोरी पुनिताकुमारीको हत्या गरेको आरोपमा उनकी आमा ३० वर्षीया शिवकली देवी, सोही ठाउँका ३९ वर्षीय राजेन्द्र महतो तत्वा, २८ वर्षीय सन्तोष महतो तत्वा र सोही नगरपालिका–८ का १९ वर्षीय सुबोध भनिने जितेन्द्र यादव पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पुनिताका बुवा वीरेन्द्रदास तत्वा भने फरार रहेका छन् ।किशोरी तीन हप्तादेखि हराएको भन्दै उनको परिवारले प्रहरीलाई खबर गरेको थियो ।

विशेष सूचनाको आधारमा प्रहरीले सोमबार साँझ उनको घरभन्दा अन्दाजी दुई किलोमिटर उत्तर खोलानजिकैबाट पुनिताको शरीरका केही भाग फेलापारेको हो ।

शवलाई धेरै दिनअघि नै जलाएर गाडिएको र त्यसमा परिवारकै संलग्नता रहेको भन्दै चारजनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology