Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाका सामुदायिक बिधालयमा प्रहरी बिद्यालय सम्र्पक कार्यक्रम


3.8K
Shares

गोरखाका सामुदायिक बिधालयमा प्रहरी बिद्यालय सम्र्पक कार्यक्रम

गोरखा २२, पुस । गोरखा सदरमुकामको कुन्दुरटारमा रहेको एक स्कुलमा प्रहरी र विद्यालयका विद्यार्थीहरु बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।सामुदायिक सेवा केन्द्र गोरखाको आयोजनामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरर्गत ‘प्रहरी–विद्यालय सम्र्पक कार्यक्रम’मा विद्यार्थी र प्रहरी बिच अन्तरक्रिया कार्यक्रम भएको हो ।

गोरखा नगरपालिका वडा नम्बर १२ को कुन्दुरटारमा रहेको महेन्द्र माध्यामिक विद्यालयका कक्षा ७ मा अध्ययनरत विद्यार्थीहरु र प्रहरी बिच लैगिंक हिंसा, बाल बिवाह, बोक्सीको आरोप, छुवाछुत, लागु औषध र ट्राफिक नियम तथा साईबर क्राईम सम्बन्धी अन्तरक्रिया भएको सामुदायिक सेवा केन्द्र गोरखाका सई नवराज तिवारीले जानकारी दिनुभयो ।

८५ जना विद्यार्थीहरु सहभागी भएको उत्त कार्यक्रममा सामुदायिक सेवा केन्द्र गोरखाका अध्यक्ष अच्यूतलाल श्रेष्ठ र विद्यालयका प्रधानाध्यापक गोपालबावु मरहट्टाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology