Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

बारपाक सुलिकोटमा ९० बर्षमाथिका जेष्ठ नागरिकलाई फाईबर सिरक


4.3K
Shares

बारपाक सुलिकोटमा ९० बर्षमाथिका जेष्ठ नागरिकलाई फाईबर सिरक

नागरिक सवाल गोरखा – गोरखा बारापाक सुलिकोट गाउँपालिकाले वडा नम्बर ४ को सौरपानीमा ९० बर्ष उमेर कटेका बृद्वबृद्वाहरुलाई फाईबर सिरक बितरण गरेको छ। गाउँपालिकाले मंगलबार एक कार्यक्रमको आयोजना गरि वडा भित्र बसोबास गर्ने ९० बर्ष भन्दा माथिका बृद्वबृद्वाहरुलाई फाईबरको सिरक बितरण गरेको हो ।

सिरक बितरण कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष बिण्णु भट्टले समाजको लागि जेष्ठ नागरिकहरुले पनि योगदान गरेको भन्दै कदर स्वरुप जाडोबाट जोगिनका लागि सिरक बितरण गरेको बताउनुभयो ।

गाउँपालिकाले जेष्ठ नागरिकहरुको लागि भन्दै केही महिना अगाडी देखी ८० बर्ष उमेर पुगेको सबैका घर घरमा गएर स्वास्थ्य जाँच सुरु गरेको पनि जानकारी दिदै अध्यक्ष भट्टले जेष्ठ नागरिकको सम्मानमा जहिले पनि गाउँपालिका काम गर्न तयार रहेको बताउनुभयो ।

वडाले अहिले जेष्ठ नागरिक भत्ता बुझेको आधार मानी वडा भित्र ९० बर्ष पार गरेका २७ जनालाई फाईबर सिरक बितरण गरेको वडाध्यक्ष भीमबहादुर गुरुङ्गले जानकारी दिनुभयो । उनीहरु सबैलाई वडा कार्यालयमा सिरक बितरण गरीएको थियो ।

बितरण कार्यक्रममा पालिकाका उपाध्यक्ष सनमाया गुरुङ्गले बृद्वबृद्वा बाआमाहरु समाजको सम्पत्ती भएकोले संरक्षणका लागि पनि जाडोमा सिरक बितरण गरिएको बताउनुभयो । गाउँपालिकाले वडा भित्रका सवै ९० बर्ष माथिका जेष्ठ नागरिकलाई न्यानो कपडा बितरण गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology