घुस रकम सहित मालपोत कार्यलयका साँखुका नायव सुब्बा पक्राउ परेका छन् । सुब्बासंगै अर्का एक जना समेत पक्राउ परेको जनाइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नासु रामेश्वर कुइकेल र लेखापढी व्यवसायी श्रीराम सापकोटालाई घुस लिदालिदै पक्राउ गरेको हो।
नायव सुब्बले लेखापढी व्यवसायी श्रीराम सापकोटासँग दृष्टी बन्दकको लिखत पास गरे वापत दुई हजार लिदैंगर्दा अख्तियार कार्यालय साँखु परिसरबाट पक्राउ गरेका अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।