Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

हजार नायव सुब्बाका लागि विज्ञापन खुलाउदै लोकसेवा


4K
Shares

हजार नायव सुब्बाका लागि विज्ञापन खुलाउदै लोकसेवा

लोक सेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी (नायव सुब्बा) पदमा बुधबार विज्ञापन खोल्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसअनुसार आयोगको नियमित कार्यतालिका बमोजिम विज्ञापन खोल्न लागिएको हो।

संघमा दरबन्दी रहने गरी नासुतर्फ प्राविधिक र अप्राविधिक सेवामा विज्ञापन गर्न लागिएको आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिनुभयो।

‘न्याय, प्रशासनसहित नौ सेवा समूहका लागि विज्ञापन गर्न लागिएको हो,’ सुवेदीले भन्नुभयो। कर्मचारी समायोजन भए पनि संघमा एक हजार हाराहारी दरवन्दी रिक्त छ।

‘सबैभन्दा धेरै न्याय सेवाका लागि विज्ञापन खुल्छ,’ सुवेदीले भन्नुभयो। कार्यालय, मन्त्रालय, आयोगहरूले रिक्त पदबारे मन्त्रालयलाई जानकारी गराइसकेका छन्। मन्त्रालयले रिक्त पदमा पदपुर्तिका लागि आयोगलाई सिफारिस गरेपछि विज्ञापन गर्न लागिएको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology