Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

मौसम फेरि सक्रिय, वर्षा र हिमपातको सम्भावना


3.3K
Shares

मौसम फेरि सक्रिय, वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ । सोमबार दिउँसोबाट सुरु भएको पश्चिमी न्यून चापीय प्रणालीका कारण मुलुकका विभिन्न स्थानमा हिमपात र वर्षा सुरु भएको छ । दिपायललगायत आसपासका क्षेत्रमा अहिले पनि वर्षा भइरहेको मौसमविद् शान्ति कँडेलले बताए ।

अहिले विशेषगरी पश्चिमी क्षेत्रका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात सुरु भएको छ । मध्य तथा पूर्वी क्षेत्रका उच्च पहाडी तथा हिमाली भेगमा पनि हिमपात हुने पूर्वानुमान गरिएको उनले जानकारी दिए ।

महाशाखाले आज बिहान आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै पश्चिमी निम्न चापीय प्रणाली भित्रिएसँगै वर्षारहिमपातको सम्भावना रहेको र यसकै कारण देशभर जाडो बढ्ने हुनाले चिसोबाट जोगिने उपाय अपनाउन आग्रह गरेको छ । मौसमविद् कँडेलका अनुसार काठमाडौँ उपत्यकाको मौसम आंशिक बदली हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology