Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बलत्कारको आरोपमा नौ महिना जेल बसेपछि ‘निर्दोष’ करार


6K
Shares

बलत्कारको आरोपमा नौ महिना जेल बसेपछि ‘निर्दोष’ करार

कसूरअनुसार सजाय भोग्नु त कानुनी नियम नै हो । तर, कसुरबिना नै नौ–नौ महिनासम्म जेल बस्नुपर्दा कति पीडा होला निर्दोषलाई ?

यसरी नै जेल बस्नुपर्दा कम्ता पीडा भएको छैन सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका–६ थुम्पाखरका रेशमबहादुर पाख्रिनलाई, त्यो पनि बलात्कारको आरोपमा ।

२०७५ कात्तिक १३ गतेका दिन एक अपरिचित महिलाले बलत्कारको आरोपमा उनीविरुद्ध महानगरीय प्रहरी परिसर ललितपुरमा मुद्दा दर्ता गराइन् ।

त्यसको १४ दिनपछि कात्तिक २७ गते प्रहरीले पाख्रिनलाई जावलाखेलको एक रेष्टुरेन्टबाट पक्रियो । तत्कालीन प्रहरी नायब उपरीक्षक नारायण चिमौरियाको निर्देशनमा खटिएको प्रहरी टोलीले बलात्कार अरोपमा ती महिलाले दिएको जाहेरी पढेपछि पक्राउ गरियो ।

दोषी देखिने आधार फेला नपरेपनि उनलाई पुर्पक्षका लागि २४ दिन जेल चलान गरिएको थियो । पाख्रिनले कानुनी उपचार खोजिरहे । एकातिर डाक्टरको रिपोर्ट जिल्ला अदालत पाटनमा पेस भयो । अर्को्तिर उनी आरोप लगाएको दिन कार्यालय नै नगएको बयान दिए । अन्ततः उनी २०७६ असर २४ गते जिल्ला अदालत पाटनले पाख्रिन निर्दोष भएको फैसला सुनायो । यो समाचार आजको नेपाल समाचारपत्रमा मधुसूदन रायमाझीले लेखेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology