गोरखा २१, पुस । नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाह हिँडेको बाटोमा नेपाली सेनाको टोलीले सुरु गरेको पदयात्राको टर्च ¥याली नुवाकोट आइपुगेको छ । यही पुस १९ गते गोरखाबाट सुरु भएको ¥याली धादिङ, नुवाकोट हुँदै पुस २६ गते काठमाडौं जानेछ ।
पुस २७ गते पृथ्वी जयन्तीको दिन सिंहदरबारअगाडि हुने कार्यक्रममा सो ¥याली सहभागी हुने कार्यक्रम रहेको छ । जंगीअड्डाको निर्देशनअनुसार एकीकरण टच ¥याली गरिएको हो । गोरखाबाट टर्च र झन्डा बोकेर हिँडेको सेनाको टोलीले धादिङको सैनिक टोलीलाई टर्च र झन्डा हस्तान्तरण गरेको थियो भने उक्त टोलीले नुवाकोटमा रहेको सैनिक टोलीलाई हस्तान्तरण गरेको थियो ।
नुवाकोटको सैनिक टोलीले टर्च र झन्डा काठमाडौं र्पुयाइ काठमाडौंमा अर्को टोलीलाई हस्तान्तरण गर्नेछ । सेनाले ऐतिहासिक पदमार्ग पहिचान, विकास र संरक्षणमा सहयोग गर्ने तथा नेपाल भ्रमण वर्ष २०२० मा उक्त पदमार्गमा पर्यटक र पदयात्री र्पुयाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरेको हो ।