Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बेलुकादेखि फेरि पश्चिमी वायुको न्यून चापीय प्रणाली प्रवेश गर्ने


4.2K
Shares

बेलुकादेखि फेरि पश्चिमी वायुको न्यून चापीय प्रणाली प्रवेश गर्ने

पुष २१, काठमाण्डौ । आज मुलुकभरको मौसम सामान्यतया सफा रहे पनि केही स्थानमा हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिम र पूर्वका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । केही स्थानबाहेक आज मुलुकका धेरै ठाउँमा घाम लाग्ने सम्भावना रहेको मौसमविद् विभूति पोखरेलले बताए ।

“बेलुका फेरि पश्चिमी वायुको न्यून चापीय प्रणाली प्रवेश गर्ने सम्भावना रहेको छ” उनले भने–“यसअघिको जस्तो शक्तिशाली भने यो प्रणाली हुने छैन” ।देशका उच्च पहाडी र हिमाली भेगमा हिमपात गराउने सम्भावना भने कायमै रहेको महाशाखाले जनाएको छ ।

पश्चिमी वायुकै कारण केही दिनदेखिको हिमपात र वर्षाका कारण मुलुकभरको जनजीवन प्रभावित भएको छ । काठमाडौँ उपत्यकामा आज दिउँसो घाम लाग्ने सम्भावना रहेको मौसमविद् पोखरेलको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology