Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

काँग्रेस सभापति देउवाविरुद्ध जिल्ला सभापतिहरूको भेला


4K
Shares

काँग्रेस सभापति देउवाविरुद्ध जिल्ला सभापतिहरूको भेला

पुष २१, काठमाण्डौ । सभापति शेरबहादुर देउवा एकलौटी रूपमा अघि बढ्न खोजेको भन्दै काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आज जिल्ला सभापतिहरूको भेलाको आयोजना गरेको छ । भेलामा पूर्वमहामन्त्री कृष्ण सिटौला समूहका नेता पनि सहभागी हुने भएका छन् । भेलामा ४० जिल्लाका सभापतिहरूको सहभागिता रहने दावी पौडेल पक्षको छ ।

सभापति देउवाले बहुमतको आधारमा यही पुस ११ गतेको केन्द्रीय समितिबाट महाधिवेशनको कार्यतालिका तोक्ने, विधानका दफा निलम्बन गर्ने, विभागको सङ्ख्या थप्नेलगायतका निर्णय गरेपछि पौडेल पक्ष झनै आक्रोशित भएको छ ।

बिहान ११ बजे पार्टी कार्यालय सानेपामा सुरु हुने जिल्ला सभापतिको भेलाले आगामी रणनीति तय गर्ने वरिष्ठ नेता पौडेलले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology