Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

शैक्षिक गुणस्तर बृद्धिका लागि बिधायललाई कम्युटर प्रदान


3.8K
Shares

शैक्षिक गुणस्तर बृद्धिका लागि बिधायललाई कम्युटर प्रदान

नागरिक सवाल संबाददाता
गोरखा १९, पुस
गोरखाको पालुङटार नगरपालिका–३ राउटेपानीमा रहेको श्री सगरमाथा प्राथामिक बिधालयको शैक्षिक गुणस्तर बृद्धिमा टेवा पु¥याउन भन्दै २ थान कम्युटर सहयोग प्रदान भएको गरिएको छ । युवा व्यवसायी समेत रहनु भएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गोरखा जिल्ला कमिटिका सदस्य समेत रहनु भएका दुर्गालाल श्रेष्ठले बिधालयलाई एक कार्यक्रमका बिच कम्युटर हस्तान्तरण गर्नुभएको हो ।

‘शैक्षिक गुणस्तर बृद्धिका लागि आधुनिक प्रणालीबाट त्यहाँको पठनपाठन प्रणालीलाई सुबिधा होस् भनेर कम्युटर हस्तान्तरण गरिएको हो, श्रेष्ठले भन्नुभयो, ‘लगभग बन्द हुने अबस्थामा पुगेको बिधालय अहिले अबस्थामा ल्याउन सगरमाथा पुनःजागरण अभियान चलाएर महत्वपूर्ण भूमिका खेल्ने अभियान्ताहरुलाई हौसला प्रदान होस् भन्ने पनि मेरो चाहाना हो ।’

बिधालयलाई शैक्षिक र भौतिक बिकासका लागि बिभिन्न क्षेत्रबाट सहयोग हुन थालेसंगै बिधार्थी अभावमा मर्जरको अबस्थामा पुगेको उक्त प्राथामिक बिधालयमा अहिले ७२ जना बिधार्थीहले अध्इयन गर्दै आईरहेका छन् । पछिल्लो पटक स्थानीय युवा, बुद्धिजिवी, पूर्वबिधार्थी लगायतको पहलमा बिधालय पुनः जगाउने अभियान सञ्चालनउ हुदै आएको अभिभान्ता समेत रहनु भएका बिधालयका स्वयसेवी शिक्षक डाक्टर लक्ष्मी देवकोटाले जानकारी दिनुभयो ।

बिधालयले हिजो मात्रै आफ्नो ५२ औं स्थापना दिवस समेत धुमधामका साथ मनाएको छ । बिंस २०२४ सालमा स्थापना भएको उत्त स्कुलमा अध्ययन गर्ने बिद्यार्थी कम भएको भन्दै नगरपालिकाले गएको बर्ष अर्को स्कुलसंग गाभ्ने तयारी थाले पछि स्थानियले सगरमाथा पुनःजागरण अभियान चलाएर स्कुल पुनः सञ्चालनमा ल्याएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology