नागरिक सवाल सवांददाता
गोरखा १९, पुस
गण्डकी प्रदेशका भूमि ब्यवस्था कृषी तथा सहकारी मन्त्रीले लेख बहादुर थापाले अब सहकारी संस्थाहरुले ठूला आयोजनाहरुमा पनि लगानी गर्नुपर्ने आबश्यकता रहेको बताउनु भएको छ । आज गोरखा सदरमुकामको उत्थान दैनिक बचत तथा त्रृण सहकारी संस्थाको प्रथम बार्षिक उत्सव कार्यक्रममा बोल्दै मन्त्री थापाले यस्तो बताउनु भएको हो ।
उहाँले अहिले देशभरीको सहकारीमा ६५ अर्ब भन्दा बढी रकम रहेको बताउदै सहकारीलाई सहि ढंगबाट व्यवस्थापन गर्न सरकार लागि परेको बताउनुभयो । अब सहकारीले ठुला आयोजनाहरुमा लगानी गनुपर्ने आवश्यता रहेको सहकारी मार्फत नै सर्व साधारण तथा न्यून आय स्तर भएकाहरुको उत्थान गर्न जरुरी रहेको उहाँले बताउनुभयो ।
मन्त्री थापाले सहकारी संस्थालाई राम्रो व्यवस्थापन भन्दा पनि खोल्ने क्रम धेरै हुने गरेकाले सरकारले मर्जरको नीति ल्याएको बताउनुभयो । मर्जर संगै मन्त्रालयले सहकारीको लागि नयाँ प्राविधिको सफ्वयरको बिकास भएको भन्दै अब एउटा सहकारीको सदस्य अर्को सहकारीको सदस्य बन्न नपाउने बताउनुभयो ।
उत्थान दैनिक बचत तथा त्रृण सहकारी संस्थाका अध्यक्ष केशवबावु श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा मन्त्री थापाले लामो समयसम्म संस्थाको कर्मचारी भएर गर्नुहुने पूर्व कर्मचारी शवु श्रेष्ठलाई दोसल्लाह र सम्मान पत्रले सम्मान गर्नु भएको थियो ।
कार्यक्रममा सिद्वी गणेश बचत तथा ऋण सहकारी संस्थाका सचिव काजीराम श्रेष्ठ, हिमचुली बचत तथा ऋण सहकारी संस्थाका प्रेमध्वज थापा मगर, पत्रकार महासंघ गोरखाका उपाध्यक्ष दिपक श्रेष्ठ, तनहुँ बचत तथा ऋण सहकारी संघका देवीबहादुर बस्नेत र सहकारी संघ गोरखाका बावुराम कोईरालाले शुभ कामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।