Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

नेकपाको विद्यार्थी संगठन एकता प्रक्रिया टुंगियोः ३३५ सदस्यीय केन्द्रिय कमिटि


1.9K
Shares

नेकपाको विद्यार्थी संगठन एकता प्रक्रिया टुंगियोः ३३५ सदस्यीय केन्द्रिय कमिटि

नागरिक सवाल । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को भ्रातृ संस्था अनेरास्ववियूको एकता प्रक्रिया टुंगिएको छ।

पूर्व एमाले निकटको अनेरास्ववियू तर्फबाट १८० र पूर्व माओवादी निकटको अनेरास्ववियू ९क्रान्तिकारी०बाट १५५ जना हुने गरी भागबण्डामा एकता टुंग्याइएको हो।

अनेरास्ववियूको केन्द्रीय कमिटी ३३५ सदस्यीय बनेको छ। केन्द्रीय कमिटी सचिवालय १११ सदस्यीय बनाइएको छ। स्थायी समिति ४५ सदस्यीय हुने निर्णय गरिएको छ।

अनेरास्ववियूको केन्द्रीय निकाय ३ वटा रहनेछन्। अनुशासन, लेखा र निर्वाचन आयोग बनाइएको छ। पार्टी एकताको क्रममा विद्यार्थी संगठनको संयोजक पूर्व एमालेको भागमा परेको थियो।

पूर्व एमाले निकट अनेरास्ववियूको तर्फबाट ऐन महरले संयोजक प्राप्त गरेका थिए भने पूर्व माओवादीको विद्यार्थी संगठनका रञ्जित तामाङले सह(संयोजक प्राप्त गरेका थिए।

विद्यार्थी संगठनको इन्चार्जमा पार्टीले हितमान शाक्यलाई बनाएको छ। सह(इन्चार्जमा विनोद ढकाल तोकिएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology