Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

सम्धीलाई सांसद बनाउन खोजेपछि राजपामा विवाद


2K
Shares

सम्धीलाई सांसद बनाउन खोजेपछि राजपामा विवाद

काठमाडौं । राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार छनोट गर्न राष्ट्रिय जनता पार्टी (राजपा) नेपालभित्र विवाद सुरु भएको छ । सम्धी र उद्योगीलाई नै सांसद बनाउन खोजेपछि पार्टीभित्र विवाद सुरु भएको हो ।

राजपा नेपाल अध्यक्ष मण्डलले सञ्चालन गर्ने पार्टीको अध्यक्ष मण्डलभित्रै विवाद सुरु भएको हो । राजपा नेपाल अध्यक्ष मण्डलमा ६ जना सदस्य रहेका छन् । ६ जनामध्ये हाल अध्यक्ष मण्डलको संयोजक रहेका राजेन्द्र महतो, शरतसिंह भण्डारी, राजकिशोर यादव र अलिन झा एकातर्फ छन् भने अर्कोतर्फ महन्थ ठाकुर र महेन्द्रराय यादव उभिएका छन् । हाल राजपाको तर्फबाट राष्ट्रिय सभा सदस्य रहेका रमेश यादव र वृखेशचन्द्र लालको पदावधि सकिँदै छ । रमेश नेता ठाकुर निकट र वृखेशचन्द्र नेता यादव निकटका भएकाले ठाकुर र यादवले यी दुईलाई नै दोहो¥याउने पक्षमा उभिएका छन् ।

तर, राजेन्द्र, शरत, राजकिशोर र अनिलले दोहो¥याउन नहुने पक्षमा उभिएपछि विवाद सुरु भएको राजपा स्रोतले जनाएको छ । बिहीबार अध्यक्ष मण्डलको बैठक चल्दै गर्दा ठाकुर र यादवले बैठक बहिष्कार गरेका थिए । शुक्रबार बसेको अध्यक्ष मण्डलको बैठकले समेत उम्मेदवार टुंगो लगाउन नसकेपछि बैठक शनिबार बस्ने राजपा नेपालले जनाएको छ । बैठकमा अध्यक्ष मण्डलका चार नेता राजेन्द्र, शरत, राजकिशोर र अनिलले दोहो¥याउने पक्षको विरोध गर्दै नयाँ अनुहार पाठाउनुपर्ने प्रस्ताव गरेका छन् ।

जुन प्रस्ताव अध्यक्ष मण्डलका ठाकुर र यादवले स्वीकार गरेका छैनन् । महतोले अनिल केडिया, मृगेन्द्रसिंह यादव र राजिव झाको नाम प्रस्ताव गरेका छन् । यदि नदोहो¥याउने हो भन्ने पक्षको मत पारित भएको खण्डमा केडियालाई ठाकुरले पनि समर्थन गर्ने राजपा स्रोतको दाबी छ । ठाकुरले केडियालाई बनाउने भन्दै महतोको प्रस्तावमा मौन समर्थन गरिसकेका छन् ।

केडिया उद्योगी भएकाले पार्टीलाई समेत आवश्यक पर्ने भन्दै उम्मेदवार बनाउन नेपाल टेलिकममा कार्यरत कर्मचारी राकेश झाले महतो र ठाकुरलाई सहमत गराएका छन् । नयाँ अनुहार उम्मेदवार बनाउने निश्चित भएसँगै केडिया राजपातर्फबाट उम्मेदवार हुनेछन् । यस्तै, महतोले पार्टीका नेता मृगेन्द्र सिंह यादव र राजीव झाको नामसमेत प्रस्ताव गरेका छन् ।

यता शरतसिंह भण्डारीले शेखर सिंह, केशव झा र दिनेश साहको नाम प्रस्ताव गरेका छन् । सिंह राजपा उपाध्यक्ष, झा महासचिव र साह पूर्वसांसद तथा पार्टी सहमहासचिव हुन् ।

महन्थ ठाकुरले अहिलेकै सदस्यलाई पुनः दोहो¥याउने पक्षमा छन् । तर, नयाँ उम्मेदवार अघि सारेको खण्डमा ठाकुरले जितेन्द्र सिंह, जयप्रकाश ठाकुर र उमाकान्त झाको नाम प्रस्ताव गरेका छन् ।

झा प्रदेश ५ का प्रदेश प्रमुख थिए । ठाकुरकै प्रस्तावमा तत्कालीन सरकारले उहाँलाई प्रदेश प्रमुख बनाएको थियो । झा नेता ठाकुरका सम्धी हुन् । सिंह पार्टी महासचिव हुन भने चौधरी र ठाकुर पार्टीमा लामो समयदेखि सक्रिय विशिष्ठ योगदान गरेका नेता हुन् । सिंहको प्रस्तावमा अर्का नेता राजकिशोर यादवको समेत समर्थन रहेको राजपा स्रोतले जनाएको छ । अध्यक्ष मण्डलका राजकिशोर र अनिलले कुनै नेताको नाम प्रस्ताव गरेका छैनन् ।

यद्यपि यी दुई नेताले नयाँ अनुहार पठाउनुपर्ने पक्षमा उभिएका छन् । पार्टीले लाभको पद लिइसकेका नेताका साथै अहिले राष्ट्रिय सभा सदस्य भइसकेका नेतालाई नदोहो¥याउने मापदण्ड पारित गरेको खण्डमा नयाँ अनुहार जाने सम्भावना रहेको छ ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राजपाले प्रदेश २ तर्फको चार सिटमा दुई÷दुई सिट लिने र एकअर्कालाई सहयोग गर्ने सहमति पुुस २ गते नै गरिसकेको छ । राजपा उम्मेदवार विजयी हुने सुनिश्चित भएसँगै पार्टीभित्र नेताहरूले आफू निकटका नेता नै उम्मेदवार हुनुपर्ने भन्दै तर्क प्रस्तुत गरिरहेका छन् ।

९ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि २० पुसमा उम्मेदवारी दर्ता गर्नुपर्ने निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरिसकेको छ । १८ जना सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारी दर्तासहितको निर्वाचन कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology