Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

उखु किसान र सरकारबीच पाँच बुँदे सहमति


9.4K
Shares

उखु किसान र सरकारबीच पाँच बुँदे सहमति

काठमाण्डौ १९, पुस
सरकार र आन्दोलनरत सर्लाहीका उखु किसानबीच पाँचबुँदे सहमति भएको छ । यससँगै उखु किसानको आन्दोलन स्थगित भएको छ । सर्लाहीको अन्नपूर्ण चिनी मिलले दुई वर्षदेखिको रकम नदिएपछि उखु किसानहरु काठमाडौं आएका थिए । माइतीघर मण्डलामा धर्ना बसेका किसानको पीडाले सञ्चार माध्यमहरुमा प्राथमिकता पाएपछि सरकारले चासो देखायो ।

चिनी मिल सञ्चालकहरुलाई बोलाएर किसानको पैसा दिन ताकेता ग¥यो । त्यही क्रममा अन्नपूर्ण चिनी मिलका सञ्चालक राकेशकुमार अग्रवालले हिजो किसानहरुको खातामा ५० लाख पठाएको र बाँकी रकम पनि पुस २५ गतेभित्र दिने बाचा गर्नुभयो । लगतै उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आन्दोलनरत किसानहरुलाई वार्तामा बोलाउनुभयो ।

वार्तामा किसानले १२ बुँदे माग पत्र पेश गरेका थिए । तर पाँचबुँदामा सहमति जुटेको छ । सहमतिअनुसार माघ ७ गतेभित्र उखु किसानको बाँकी रकम झुक्तानी गरिसक्ने व्यवस्था मिलाउन उद्योग मन्त्रालय आफैंले समन्वय गर्नेछ ।

साथै भुक्तानीको समस्या दिगो रुपमा हल गर्न उखु खरिद विक्री गरेको रकम तुरुन्त भुक्तानी हुने गरी स्वचालित मूल्य प्रणाली बनाउन अध्ययन गर्ने गरी सहसचिवको नेतृत्वमा कार्यदल गठन गर्ने सहमति भएको मन्त्री भट्टले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology