अमेरिकी आक्रमणमा इरानी सेनाको जनरल मारिएपछि अन्तराष्ट्रिय जगतमा तेलको मूल्य बढेको छ । योसँगै अमेरिकी तेल कम्पनीको शेयरमा गिरावट आएको छ । विश्लेषकहरुले अमेरिकी आक्रमणपछि क्षेत्रिय तनाव बढ्न सक्ने र विश्व तेल उत्पादनमा असर पर्ने चेतावनी समेत दिएका छन् ।
पूरै विश्वमा ३० प्रतिशत तेल मध्यपूर्वबाट आउने गरेको छ । अमेरिकी तेल बजारमा मूल्य वृद्धि भए राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति डोनल्ड ट्रम्पलाई घाटा हुन सक्ने विश्लेषण गरिएको छ ।
इराकको राजधानी बग्दादनमा अमेरिकी मानव रहित विमान आक्रमणमा इरानी सेनाको विशेष दस्ता क्विडका प्रमुख जनरल कासिम सुलेमानी मारिएका हुन् ।। सन् २०१८ मा इरानसँगको पारमाणविक सम्झौताबाट अमेरिका बाहिरिएपछि दुई मुलुकबीच तनाव शुरु भएको थियो ।