Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

अन्नपूर्ण सुगर मिलले उखु किसानको वक्यौता रकम एक महिनाभित्र तिर्ने


2.3K
Shares

अन्नपूर्ण सुगर मिलले उखु किसानको वक्यौता रकम एक महिनाभित्र तिर्ने

पौष १८, काठमाण्डौ । उखु किसानको सबै वक्यौता रकम एक महिनाभित्र तिर्न सर्लाहीको अन्नपूर्ण चिनी मिल तयार भएको छ । आज उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मिल सञ्चालक राकेश कुमार अग्रवालले यसका लागि लिखित प्रतिबद्धता जनाउनुभएको छ ।

अग्रवालले माइतीघरमा आन्दोलनरत किसानलाई हिजो र अस्ति गरेर ५० लाख रुपैयाँ उनीहरुको खातामा पठाइएको जानकारी पनि दिनुभयो । अग्रवालले गरेको लिखित प्रतिबद्धता अनुसार पुस २५ गतेभित्र मिलले ५ करोड रुपैयाँ किसानको खातामा पठाउने छ ।

यस्तै माघको पहिलो साताभित्र थप ७ करोड रुपैयाँ किसानलाई भुक्तानी गर्ने र १८ गतेसम्म सबै रकम चुक्ता गर्ने प्रतिवद्धा अग्रवालले जनाएको मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology