Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

२ किलो सुनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ


1.7K
Shares

२ किलो सुनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ

पुस १८ , काठमाडौं । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट २ किलो सुनसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत महाराष्ट्रका नविन गोपी चन्द र भरत सुरेशलाल छन् ।

उनीहरुले मलद्वारमा लुकाएर सुन ल्याएको प्रमुख भन्सार अधिकृत विष्णुराज ढकालले अनलाइनखबरलाई बताए । ‘तरल बनाएर मेटल डिटेक्टरले पनि काम नगर्ने गरी ल्याइएको रहेछ’, उनले भने ।

यूएईबाट आएका उनीहरुले लुकाएको सुन पत्ता लगाउन काठमाडौं मेडिकल कलेजमै लगेर एक्सरे गर्नुपरेको थियो ।

यसअघि मंगलबार पनि यही शैलीबाट ल्याइएको आधा किलो सुनसहित महाराष्ट्रकै हरिराम नेपाली पक्राउ परेका थिए ।

सरकारले गठन गरेको साढे ३३ किलो सुन तस्करी प्रकरणको छानविन टोलीको अनुसन्धानपछि विमानस्थलबाट हुने सुन तस्करी ठप्प भएको दाबी गरिएको थियो । तर, तस्करी गर्ने समूहले विभिन्न शैली अपनाएर सुन भित्र्याउने गरेका छन् ।

तस्करी रोक्न अलम्बन गर्नुपर्ने विधिबारे सुझावसहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइएको प्रतिवेदन पनि हालसम्म कार्यान्वयन हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology